अ - अ: ----------------------
क - ----------------------------------
- अकवरी सुनलाई कसी लाउनु पर्दैन।
- अक्चु खाए बक्छु खाए झुसे बारुलो !
- अर्काको आङको जुम्रा देख्नेले आफ्नो आङ को भैसी देख्दैन !
- अर्काको बुद्धिले राजा हुनुभन्दा आफ्नै बुद्धिले जोगी हुनु बेस
- अर्काको भर भोकभोकै मर
- अल्छीलाई बल्छी, मर्दलाई जाल
- अल्छीले जति जैसीले जान्दैन
- अल्छे तिघ्रो, स्वादे जिब्रो
- असारमा आली लगाए पो मंसिरमा बाली खान पाइन्छ
- असारमा मीत लाए हिलामा हात, मंसिरमा मीत लाए फिलामा हात
- असारमा सुरुवाल लगाउनेले मंसिरमा पराल चोर्छ
- अकटको कुलो, बिकटको खेत, बिर्सेछु दाजै शिलोकको फेद
- अकबर राजा, बिरबल काजि, इन्साफ दिन्छन खुसिराजि
- अर्काको गहना लगाउनु, नाक कान दुखाउनु
- अर्काको नासो गलपासो
- अर्काको बाच्छो चाटी मुखभरी रौं
- अर्काको बारीमा साग छ, मुटु मिचेर के लाग्छ
- अंग्रेजीको काइदा , भुक्नेलाई फाइदा
- अगुल्ठो पनि नठोसी बल्दैन
- अघि हेर्नु चार हात, पछि हेर्नु बाह्र हात
- अघिको तीतो पछिको मीठो
- अचार खानु मुलाको, संगत गर्नु ठुलाको
- अच्छा साले जुल्फी पाले, लिखाले टांग हाले
- अनि हेनुस चार हात, पनछ हेनुस बाह्र हात
- अचानो को पिर खुकुरी ले जान्दैन !
- अर्तीको कुरा घर्तीको पनि लिनुपर्छ
- अभागी हग्न बस्यो, बाह्र हातको काठ पस्यो
- अर्तीले घर्ती मान्दैन
- अदुवा खाई सभामा बस, मुला खाई बन पस
- अनिकालको तोरी, सहकालको जौं
- अनिकालको मानु, दिनु न खानु
- अनिकालमा लाईफ जोगाउनु, आन्दोलनमा बाईक जोगाउनु
- अनिकाले मानू, बाँडिचूडी खानू
- अनुहार न दनुवार पोइ खोज्न थाली
- अनुहार न दनुवार, पाण्डव सुनुवार
- अनुहार न दनुवार पोइ खोज्न थाली
- अन्धाको देशमा आँखा छोप्नु, लङ्गडाको देशमा खुट्टा खोच्याउनु
- अन्धाको सहारा लड्गडा
- अन्धाको हातमा टुकी
- अन्धोलाई ऐनाको खोजि
- अन्नमा भन्दा सन्नमा जोड
- अन्यायको धन, कहिल्यै मेरो नभन
-
अरु हाथी चड्दैमा आफु धुरी चड्नु हुँदैन !
- अर्थ न बर्थ गोबिन्द गाई, नाकको औषधि चाकमालाई
- अर्थी र औश्धी मिठो हुँदैन !
- अघि बुढी जानिन, पछि बुढी मानिन
-
अघिपछि स्याहार चोर आउने दिन विस्याहार
- अगुल्टाले हानेको कुकुर बिजुली चम्किदा तर्सन्छ
- अघिपछि स्याहार चोर आउने दिन विस्याहार
- अच्छा साले जुल्फी पाले, लिखाले टांग हाले
- अनिकालमा बीउ जोगाउनु हुलमुलमा जीउ जोगाउनु।
- अँध्याराको काम खोलाको गीत
- अभागीको भाई सप्रन्छ, भाग्यमानीको छोरो सप्रन्छ
- अराएको काम र भराएको मानोले कति दिन चल्छ
- अरुको बारिको काँक्रो चोर्नी, आफ्नो भने नुनको ढिको नफोर्नी
- आकाशको फल आँखातरी मर्
- आज को काम लाई भोली कहिले न भन्नु !
- आफ्नो थैलोको गाँठो कस्नु , अरुलाई दोष नदिनु
- आँखा नदेख्ने नेत्रलाल, कान नसुन्ने कर्णकान्त
- आँखालाइ ख्यास् ख्यास्, जिब्रो लाई झ्याइ?
- ऑटी छोरीलाई बाघले नि खाँदैन
- ऑटेको काम झट्टै श्री गणेश
- ऑपको ऑप, कोयाको दाम
- आई बूढी मच्चिंदै, गई बूढी थच्चिंदै ।
- आई लाग्ने माथि जाई लाग्नू ।
- आइमाईको रुपै सत्रु रुपै मित्रु
- आइमाईको पेटमा कुरा पच्दैन
- आज मर्यो भोलि औषधि।
-
आफू नमरी स्वर्ग देखिन्न
- आफ्नो दिउँ त मै मरिजाउँ, अर्काको पाए तीनमाना खाउँ
- आफ्नो आङको भैंसि नदेख्ने, अर्काको आङको जुम्रा पनि देख्ने
- आफ्नो भाग्य आफैले बनाउनु पर्छ !
- आफ्नो थैलोको गाँठो कस्नु , अरुलाई दोष नदिनु !
- आच्छु खाए बाच्छु खाए झुसे बारुलो
- आए बाउको गए सासुको
- आए बौको गए साहुको।
- आए आँप गए झटारो !
- आए बाउको गए साहुको
- आकाश को राहु, पातलको केतु, एक पटक नपरी कसरी चेतु
- आकाशको फल आँखा तरी मर्
- आकाशमा थुके मुखमा छिटा
- आखाँले देखेको बिज्ञान भन्दा मनले बुझेको भगवान प्यारो
- आगो ताप्नु मुढाको कुरा, सुन्नु बुढाको
- आज घर पुगिएला त ? आफ्नै खुट्टालाइ सोध
- आज मर्यो, भोलि ओखति
- आजकालका केटी स्टाइलको भारी टाउकोमा भने डिस्को गर्ने जुम्राको ढाडी
- आजको कामलाई भोलि नभन्नु
- आधा गाग्रो छचल्किन्छ
- आफु भलो त जगत भलो
- आफुले खान नपाएको अंगुर अमिलो आफू नमरी स्वर्ग देखिदैन
- आफू ताक्छु मुडो, बन्चरो ताक्छ घुँडो
- आफै त महादेव उत्तानो पर, कसले देला बर
- आफ्नै छोरी नखर्माउली, तन्नेरीलाई दोष
- आफ्नो छोराछोरी र अर्काकी स्वास्नी सबैलाई राम्रो लाग्छ
- आफ्नो टाउको फुटे पछि मितको टाउको बेल बराबर
- आफ्नो थैली सुरक्षित राखे अर्कालाई दोष लगाउनु पर्दैन
- आफ्नो थैलोको गाँठो कस्नु, अरुलाई दोष नदिनु
- आफ्नो नुन, आफ्नै पानी, खाउ ज्वाई कोखा तानी
- आफ्नो भाग्य आफैले बनाउनु पर्छ
- आफ्नो रुचि खानु, अर्काको रुचि लाउनु
- आफ्नो हात जगन्नाथ
- आमा पनि ब्युटी छोरि पनि ब्युटी बाउले गर्नु पर्ने चुलाको ड्युटी
- आमा बाबुको मन छोरा छोरी माथि, छोरा छोरीको मन डिडगो जुत्ता माथि
- आमा बाबुलाई समस्या टार्न गाहों, छोराछोरीलाई भने स्टाईल नै प्यारो
- आमा-बाबा को मन छोरा तिर, छोरा को मन अर्काको छोरी तिर
- आमाको माया आँखाको डिलमा
- आमाबाबुको मन छोराछोरी माथि छोराछोरीको मन ढुंगामुढा माथि
- आमा-छोराको ऐचोपैंचो, बाबु-छोराको लेनदेन
- आम्दानी चार आनाको खर्च बाह आनाको
- आयो गयो माया मोह, आएन गएन को हो को हो
- आलु खाएर पेडाको धाक
- आई लाग्ने माथि जाई लाग्नु।
- आई बूढी मच्चिंदै, गई बूढी थच्चिंदै
- आलु खाएर पेडाको धाक
- आम्दानी चारानाको खर्च बारानाको।
- ओखरबोटमा चिल बस्यो, देखेपछि दिल बस्यो
- ओरालो लागेको मृगलाई बाछाले खेद्छ।
- ओरालो लागेको गाई लाई राम राम भन्न सकिन्छा काध थप्न सकिदैन
- औंला दिदा डुडो निल्ने !
- औषधी र उपदेश मीठो हुन्न
- औसीमा किनेर, पुर्णमा फाल्ने
- आयु रहुन्जेल वायुले केही गर्दैन
- इखालु स्वास्नीको बचन, बहुला कुकुरको दाँत
- इन्द्रको अगाडि स्वर्गको बयान
- इश्वर धपायो, शास्त्र चपायो
- इलमीको भागमा माछा र मासु
- ईटको जवाफ पत्थरले दिनु !
- ईख नभएको मान्छे, वीष नभएको सर्प।
- ईश्वर दाहिने भएपछि कसको के लाग्छ।
- उखाने काका मन्तरी भाका
- उचालेको कुकुरले मृग मार्दैन
- उठ बुहारी सास फेर, ढिकी छाड्नासाथ जाँतो हेर
- उत्ताउली गाईलाई बाघले खाई
- उधारो प्रेमको कैची हो
- उनीहरूको घरमा झगडा हाम्रो घरमा धुनधान
- उपाध्यायले तोड्या खायो, नाली नै रड्यायो
- उफ्रने गोरुको सीङ भाँचिन्छ।
- उसै त बुहारी मरिच खाएकी
- उसै त सासू सुन लगाएकी
- उही नाम्लो उही कुम्लो
- उपाध्यायले तोङ्बा खायो, नालीनै रङ्यायो ।
- उदेस्य लिनु उडि छुनु चन्द्र एक !
- उम्केको माछो ठूलो
- ऋण लाग्दा नडराउनु, दिन लाग्दा डराउनु !
- ऋण लिदा पनि नलिनु, दिदा पनि नदिनु !
- ऋण काढेर घिऊ खानु
- ऋण नलागे जमानी बस्नु
- ऋण लिदा पनि नलिनु, दिदा पनि नदिनु
- एउटा घिउ बेचुवा, अर्को तरवार बेचुवा
- एउटा बिराउने शाखा पिराउने।
- एउटा पोईको दुईटा जोई ख्वाउने बेलामा कोही न कोही।
- एक पटक को चोर्, सदा को चोर !
- एक्ता नै बल हो !
- एक घर विष्ट दश घर कामी, जस्ता तिमी उस्तै हामी
- एक दिनको पाउना मिठो मिठो खा, दुइ दिनको पाउना जस्तो सुकैखा, तीन दिनको पाउना जत्ता सुक्कै जा
- एउटा थाप्लो दुईटा नाम्लो
- एउटा पोईको दुईटा जोई, ख्वाउने बेलामा कोही न कोही
- एउटा पोइको दुइटा स्वास्त्री लगौटी तानातान ।
- एउटा भए सरासर, दुइटा भए भराभर, तिनवटा भए टाउको फोराफोर
- एउटा सियो चोर अर्को फाली चोर
- एउटाले बिरायो साखा पिरायो
- एक कान दुई कान मैदान
- एक कानले सुन्यो, अर्को कानले उडायो
- एक घर विष्ट, दश घर कामी, जस्ता तिमी उस्तै हामी
- एक छाक खाने जोगी, दुई छाक खाने भोगी, तीन छाक खाने रोगी
- एक थुकी सुकी, सय थुकी नदी
- एक पटकको चौर सधैंको चोर
- एक पन्थ, दुई काज
- एक माघले जाडो जाँदैन
- एक रुपैंया धन छ, घोडा किन्छु भन्छ
- एक हातले तालि बज्दैन
- एकता नै बल हो
- एकातिर आँधी, अर्कोतिर झोलुड्ङ्गो
- एक्लो बृहस्पति झुट्टा
- अहंकारी भ्यागुताको ट्द्वार ट्वारै ठूलो
- अँध्यारो काम खोला को गीत
- ऑ गर्दा अलङ्कार बुझ्ने
- औंलो दिँदा हुँडुलो निल्ने ।
- औषधी र उपदेश मीठो हुन्नँ।
- औंसीमा किन्यो पूर्णमा फाट्यो।
क - ----------------------------------
- कङ्गालको जात छैन, बोक्सीको गाउँ छैन
- कच्चा वैद्यको मात्रा यमपुरीको यात्रा
- कता हराइस् नौनी विलौनीमा
- कतै खातैखात, कतै पुर्पुरोमा हात
- कतै दिन, कतै रात, एकातिर भोक अर्कोतिर भात
- कताको जिली कताको गाँठी।
- कपाल दुखेको औषधी नाइटोमा लगाउनु
- कपाल भन्दा टुपी छोटो
- कर्कलालाई बन्चरो ।
- कमिलालाई मूत/सुसुको पहिरो
- कम्बल ओढेर घ्यू खाने
- कर्कलालाई बन्चरो
- कलिवुडको जात्रा तिघ्राको व्यापार
- कसाईको अगाडि बाख्रा रोएको
- कसाईको अगाडी बाख्राको आँसुको के अर्थ
- कताको जिली कताको गाँठी।
- कहिले सासुको पालो कहिले बुहारीको पालो
- कसाईंको अगाडि बाख्रा रोएको।
- कसारको कुन गुदी कुन बोक्रो
- कतै दिन, कतै रात, एकातिर भोक अर्कोतिर भात ।
- कसैको आहार कसैको विष
- कसैलाई के धन्दा घरज्वाईंलाई खानको धन्दा
- कसैलाई लाखा, कसैलाई पाखा
- कसैले तपाईं भनोस् नभनोस् आफैं मपाईं
- कस्ता कस्ता कहाँ गए मुसाको बच्चा दरबारमा
- कहाँ जान्छस् मछली मेरै ढडिया
- कही नभाको जात्रा प्रग्या प्रतिस्ठानमा
- कांही नभएको जात्रा हाँडी गाउँमा
- काका भन्नु र कान्छा बाऊ भन्नु एउटै कुरो हो
- काग कराउदै गर्छ, पिना सुक्दै गर्छ
- काग बस्नु, हाँगा भाँचिनु
- काग बाठो भयो भने गु खान्छ
- काग भन्दा कोईली चंख
- कागको नाम कागले काड्छ
- कागको बिचमा बकुल्ला
- कागलाई बेल पाक्यो, हर्ष न विस्मात्
- कागले कोइलिलाइ काले भन्छ
- कानो गोरुलाई औंसी न पूर्णिमा
- काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर
- काम गर्दा नोकरले जसरी, खाना खाँदा राजाले जसरी
- काम गर्ने कालु मकै खाने भालु
- काम गर्ने हनुमान, पगदी कस्ने ढेडु
- काम छउन्जेल भाँडो, काम सकिएपछि ठाँडो
- काम न काजको, दुश्मन अनाजको
- काम न धाम पेटभरी माम
- काम पनि छैन दाम पनि छैन
- काम पाईनस् बुहारी पाडाको ढाड कन्याई दे
- काम साँचे आफूलाई, खान साँचे अरुलाई
- कामीको पालो कात्तिकमा
- कामीको बिहे, अठार खाँचो
- कुमाईको घुमाइ- पूर्वीयाको जाल, गुरुङको बुद्धि- नेवारको काल
- काग बस्नु हाँगा भाँचिनु।
- काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर ।
- काम पाईनस् बुहारी पाडाको ढाड कन्याई दे।
- काम साछे आफु लाई, खाना साछे अरुलाई !
- काम न काजको दुश्मन अनाजको।
- कागभन्दा कोइली चङ्ख, कोइलीभन्दा खत्री चङ्ख
- काग कराउदै गर्छ, पिना सुक्दै गर्छ !
- काग लाई बेल पक्यो हर्ष न बिष्मात !
- काम गर्ने हनुमान पगदी कस्ने ढेडु !
- कानो गोरूलाई औंसी न पुर्ने
- काला अक्षर भैंसी बराबर
- कामीको पालो कात्तिकमा
- कामीको बिहे, अठार खाँचो
- कामी-दमाई माग्न जान्दैन, दाद-लुतो आउन जान्दैन
- कालो बाहुन गोरो शुद्र, यिनीदेखि डराउँछन् महारुद्र
- काले काले मिलेर खाउँ भाले
- कालो अक्षर भैंसी बराबर
- कालो बादलले संधै पानी पार्दैन
- काशी जाने कुतिको बाटो
- काम छैन बुहारी पाडाको कन्डो कनाएर बस
- कांही नभएको जात्रा हाँडी गाउँमा।
- कायस्थको लेखा, आसामीको काल।
- किन रोइस् मङ्गले आफ्नै ढंगले
- किनेको दाउरा किनेकै पानी, कर्मचारीका श्रीमती महलका रानी
- की त हसतीनआपुर को राज्, कि त चपरी मुनी को बास् !
- कुकुर भुक्दै गर्छ, हात्ती लम्कँदै गर्छ
- कुकुरको पुच्छर बाह्र बर्ष सम्म ढुड्रोमा राखेपनी बाङ्गाको बाङ्गै
- कुकुरलाई मासु पैंचो
- कुकुरलाई घ्यू पच्दैन
- कुकुरलाई लुतो
- कुकुरले खुट्टा टोक्यो भन्दैमा कुकुरको खुट्टा टोक्नुहुन्न
- कुचोले बढार्नु पर्ने कसिङ्गर हावाले उडायो
- कुन्ता कि बुहरी भटमास खाकि
- कुन्ताको महादेव खरानी घसेको
- कुप्री बुढीलाई उठी सुख न बसी सुख
- कुमालेको चक्र घुमी फिरी त्यहीँ आउँछ
- कुरो र कुलो जता लग्यो त्यतै जान्छ
- कुसाइतमा पञ्चेबाजा
- कुकुरलाई घ्यु पच्दैन
- कुकुरलाई हड्डी पैचो !
- कुकुरलाई मासु पैंचो।
- कुमाले को चक्क्र घुमी फीरी तेही आउछ !
- कुहिरे बाहुन, कैले खस, जुङ्गे मगर रस न बस
- कुखुरा बास्यो, कामी नास्यो
- कुन्ता कि बुहरी भ्टमास खा कि
- कुरो र कुलो जता लग्यो त्यतै जान्छ
- के खोज्छस् कानो आँखो
- के खोज्छस् नेता कुर्सी
- के निउँ पाउँ कनिका फुकाउँ।
- केटी हेर्नै नपर्ने, केटो बोल्नै नपर्ने
- केटी रोज्दा सानो रोज्नु, जुत्ता रोज्दा ठुलो रोज्नु
- केरा खाँदै सुसेल्दै
- केटाकेटी आए गुलेली खेलाए मट्यङ्ग्राको सत्यानास्
- कि लायो सुनको बाला कि गयो … … को छाला।
- कि भयो अमरावतीको राज कि भयो चपरीमुनिको वास।
- कोढीको जीउ प्यारो अपुताको धन प्यारो।
ख- ----------------------------------
- खर्च न बर्च, तीर्थ जानु पर्छ
- खसी देखाएर फर्सी भिडाउनु
- खसी भनम बोसो छैन, बोको भनम नसो छैन
- खसको कुरा, पेटको छुरा
- खसको कोखमा दाँत हुन्छ
- खसको बिहेमा मगर नास्ती
- खसी जोख्नु सय चोटि मान्छे जोख्नु एक चोटि।
- खर्च न बर्च तीर्थ जानु पर्छ, सपनतीर्थ जाँदाखेरी चुरोट खानुपर्छ।
- खाई नपाई, छाला को टोपी लगाई !
- खाइछाड कि लाइछाड, मरेपछि लम्पसार
- खाई न पाई दौरामाथि टाई
- खाउँ कर्कली, पेट फर्कली, नखाउँ कर्कली, सासू झर्कली
- खाए खा नखाए घिच
- खान जाने औषधि, खान नजाने विष
- खाने पिउने रामे, चोट पाउने चामे
- खाने बेलामा घिन नसम्झनु, सुत्ने बेलामा ऋण नसम्झनु
- खाने मुख लाई जुङा ले छेक्दैन !
- खान्न-खान्न लोकाचार, खाएपछि माना चार
- खायो खुदो मुख उँदो
- खाउ भने कान्छा बाउ को अनुहार, न खाउ भने दिन भरी को सिकार !
- खाउनु न पिउनु पुर्पुरोमा चिनु ।
- खाउन्जेल आफ्नो खाइसक्यो बिरानो।
- खिर ख्वाएर हिलोले चुठाउँने
- खुटा भए जुता हजार पाउछ !
- खुट्टा भए संसार हिडिन्छ
- खुट्टा भए जुत्ता हजार
- खुर्सानी बिना भतेर अड्किन्न
- खुस्किन लागेको हाकिमलाई पिउनले पनि लखेट्छ
- खेताला पल्काउनु, पाहुना तर्साउनु
- खेताला लाए छैन काम, छोराछोरी पठाए आधा काम, आफू गए पुरै काम
- खेती आफ्नो राम्रो, श्रीमती अर्काको
- खोला तर्यो लौरो बिर्सियो
- खोला र माया तलतिरै बग्छ
- खोलाको देशमा पानीको दुःख
- खोलावारि खोलापारि ढुंगा हानाहान।
ग----------------------------------
- गधा भारी नपुगी उठ्दैन
- गर्जने बादल वर्षदैन
- गहिराको घरलाई पहिराको डर, डाँडाको घरलाई जाडाको डर
- गाँस छाड्नु तर साथ नछाड्नु
- गाई गंगा बराबर
- गाई मारी गधा पोस्नु
- गाई खानेले बाच्छो खान्छ
- गाई कहिले ननुहाए पनि सेता सेतै, भैंसी जति नुहाए पनि काला काले।
- गाँसी गुँसी एकै नासी।
- गाउँ भरिको साईनो, पानी खान पाइन
- गाग्रीमा पानी छैन, तिहुनमा झोल
- गिद्धको सामु कौवाको पखेटा !
- गीत गाउनेको सुसेलीबाटै थाहा हुन्छ
- गु खानेले गु खाए पनि मुत्नेले नचुटे
- गु पुछेको टालो पनी बेलामा काम लाग्छ
- गु लाई चलाए गन्ध !
- गुनले गुन खान्छ, तँलाई म खान्छु
- गुन्द्रुक पकाउनु पर्दैन, साली फकाउनु पर्दैन
- गुन्दुकलाई पकाउनु पर्दैन
- गुरु मान्नु बुझेर, बिहे गर्नु रोजेर, पानी खानु छानेर, कुरो गर्नु जानेर
- गुरू गुढ चेला चिनी
- गोडा मुती न्यानो
- गोरु नभएको हली र ठेडी नभएको हलोको के काम
- गोलीको घाउ निको हुन्छ, बोली को हुँदैन
- गोठालोको बुद्धि भैसीको थुनमा !
- गहिराको घरलाई पहिराको डर, डाँडाको घरलाई लाँडाको डर
- घमण्डको घडा फुट्छ
- घर न थर, पोइको रहर
- घर नखाएको छोरि, परदेश नखाएको छोरो
- घर नभएको छोरो र सुत्केरी नभएको बुहारी
- घरमा चामल सकिएको दिन एकादशी, गोजीमा पैसो सकिएको दिन औंसी
- घरमा भुसाहा छैन, खल्तीमा चुरोट
- घरको बाघ वनको स्याल
- घरमा छैन तेल, खान खोज्छ सेल !
- घरै पिंडालु वनै पिंडालु ससुराली जाँदा बाह्र हातको पिंडालु
- घरै पोले पछि खरानीको के पिर
- घैया रोपेर धान फल्दैन
- घाटी हेरेर हाड निल्नु पर्छ !
- घाँटी हेरी हाइनेक किन्नु
- घिउ न तेल पका बुढी सेल
- घिच्न जान्दैनन् पकाउनेलाई दोष
- घिउ केमा पोखियो? भागैमा
- घुमि फिरी रुम्जाटार
- घोडा चड्ने मान्छे लड्छ घ्यु केमा पोखियो ? दालमा
- घोडा चढ्ने लड्छ
च ---------------------------
- चकचके गोरुको चार ठाउँमा डाम, ठुलो माछो लड्यो समातेर खाम
- चटपटे साँढेका तीन ठाँउमा डाम
- चण्डाललाई रुद्राक्षको माला !
- चरेस खानु तर हरेस नखानु
- चाँदो लाग्ने आगो र मुख लाग्ने नोकर
- चाल नपाई जाल नहान्नु
- चिचीको पनि लोभ, पापाको पनि लोभ
- चिताले मरेपछि जलाउछ, चिन्ताले जिउदै जलाउछ
- चितुवाको हजार गोठ
- चित्र होइन चरित्र हेर्नु, व्यक्ति होइन व्यक्तित्व हेर्नु
- चिनाको भात भातै होइन, स्वास्नीको जात जातै होइन
- चिनीको नाम जपेर मुख गुलियो हुदैन
- चिन्नु न जान्नु घचेडी माग्नु
- चिनेको चोरले काट्छ
- चिप्ला मुखको धमिलो पेट
- चिप्लो न चाप्लो त्यसै दुख्छ थाप्लो ।
- चिचीको पनि लोभ पापाको पनि लोभ
- चिताले मरेपछि जलाउछ, चिन्ताले जिउदै जलाउछ !
- चिनाको भात भातै होइन, स्वास्नीको जात जातै होइन !
- चिनीको नाम जपेर मुख गुलियो हुदैन !
- चीनको राजा भोटको नून ज्यानै दिए नि नदेख्ने गुन
- चैतमा गोरु बेचेर पाखी किन्नु
- चोर औंला अरु तिर, बाँकी औंला आँफै तिर
- चोरको खुट्टा काट् भन्दा खुट्टा उचाल्ने
- चोरको साथी चोर
- चोरको स्वर ठूलो, डाँकाको आँखा ठूलो
- चोरको मनमा जहिले पनि ढुकढुक
- चोरको हजार दाउ
- चोरलाई चौतारो, साधूलाई सुली
- चोरले अरुलाई पनि चोर नै देख्छ
- चोक्टा खान गएको बुडी झोल्मा डुबेर मोरि !
छ ---------------------------
- छट्टु छोरालाई पार्टीले लिदैन
- छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेढी
- छातीमा राखी कसले के नै लैजानु छ र
- छालो जाला तर कालो जादैन
- छाडेको पोइ र हिडेको स्वास्नीको नाम कसले लिन्छ !
- छालो जाला तर कालो जादैन !
- छुच्चाको धन लुच्चाले खान्छ ।
- छुचुन्द्रोको टाउकोमा चमेलीको तेल
- छेत्री बिग्रियो मोजले, नेवार बिग्रियो भोजले
- छेपारोको मन्त्र नजान्ने, साँपको दुलाँ हात घुसार्ने
- छोरि जन्मे ज्वाईंलाई, छोरो जन्मे बुहारीलाई छोरी कुटी बुहारी तह लाउनु
- छोरीको बैंस बाबुले होइन अरुले देख्छन्
- छोरी कुटी बुहारी तह लाउनु !
- छोरो उत्ताउलो हुँदा घुँडा भाच्छ, छोरी उत्ताउली हुँदा पोइला जान्छे
- छोरो पायो हर्कमान, छोरि पायो थर्कमान
- छोरो भन्दा नाती प्यारो, सावाँ भन्दा ब्याज प्यारो
ज --------------------------- 36
- जंगलमा मङ्गल
- जता ओरालो उतै गंगाजी
- जता काफल पाक्छ, त्यता चरी नाच्छ
- जता खीर उतै भीड
- जति खान नपाएर मर्छन्, त्यो भन्दा बढी खान नजानेर
- जति टाढा उति माया गाढा
- जति नड्रा उति दाहा
- जति भाँडो उति चुबुर्को
- जति भान्छे त्यति खिचड़ी
- जनतालाई गणतन्त्र, हर्ष न विस्मात
- जब भयो राती, तब बुढी ताती
- जसकी आमा भान्छे, उसको छोरो भोकै !
- जस्तो देश उस्तै भेष।
- जस्ले पैसालाई चिन्दैन, तेस्लाई पैसा ले पनी चिन्दैन !
- जसले मह काढ्छ उसले हात चाट्छ !
- जसको शक्ति उस्को भक्ति !
- जसको लाठी उसको भैस !
- जसको बाँदर उसैले नचाउँछ।
- जलै बिष्णु थलै बिष्णु, फारोहर कहाँ फाल्नु
- जसका छोरा उसका धन, जसका भैंसी उसका बन
- जसकी आमा भान्छे, उसको छोरो भोकै
- जसको छैन एक फॉक सुर्ती, उसैले लगाउछ दस लाखको फुर्ति
- जसको डम्फू उसकै ताल
- जसको तरबार उसको घरबार
- जसको बाँदर उसैले नचाउँछ
- जसको लाठी उसको भैंसी
- जति सुम्सुम्यायो उति ठाडो !
- जति कालो उति मेरै बौको सालो।
- जहाँ दही त्यहीँ बाहुनको सही
- जहाँ गुलियो त्यहीँ बाहुन भुलियो
- जहाँ केरा त्यहीँ बाहुनको डेरा
- जहाँ ईच्छा, त्यहाँ उपाय।
- जाहा ईक्छा त्यहाँ उपाए !
- जस्तो रोप्यो तेस्तै फल्छ !
- जसले जान्यो उसले तान्यो।
- जस्तालाई तेस्तै ढीडा लाई निस्तै
- जस्तो देश उस्तै भेष ।
- जसको शक्ति, उस्को अक्ति
- जसको डम्फू उसके ताल।
- जसको बिहे उसैलाई देख्न नदे।
- जसको सीता खानु, उसकै गीता गाउनु
- जसको मन खोटो उसको मन छोटो।
- जसको तरबार उसको घरबार।
- जसरी आयो, त्यसरी गय
- जसले बोक्छ भारी, खान्छ मेख मारी
- जस्ले पैसालाई चिन्दैन, तेस्लाई पैसा ले पनी चिन्दैन
- जसले मह काढ्छ, उसले हात घाट्छ
- जसो जसो बराजु उसै उसै नाति
- जसो जसो बाहुन बाजे, उसै उसै स्वाहा
- जस्ता लाई तेस्तै पाउरोटीलाई निस्तै
- जस्तालाई त्यस्तै, डिंडोलाई निस्तै
- जस्तो आफु उस्तै च्यापु
- जस्तो गुरु उस्तै चेला
- जस्तो तस्तो चाहिएन, भने जस्तो पाइएन
- जस्तो देश उस्तै भेष
- जस्तो नाम उस्तै काम
- जस्तो रोप्यो, तेस्तै फल्छ
- जहाँ कंगाल, त्यहाँ चण्डाल
- जहाँ केरा त्यहीं बाहुनको डेरा
- जहाँ गुलियो त्यहाँ बाहुन भुलियो
- जहाँ जाला जोगी आतै खाला
- जहाँ दही, त्यहीं बाहुनको सही
- जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि
- जाँगर न साँगर खाने बेला आँ गर
- जति कालो उति मेरे बौको सालो।
- जति नंग्रा उति दाह्रा
- जति जोगी आए पनि कानै चिरेका
- जति भान्छे त्यति खिचडी।
- जति भाँडो उति चुबुर्की।
- जहाँ स्त्री त्यहाँ श्री
- जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पा बींड।
- जान्नु न सान्नु थुतुनो मात्रै तान्नु !
- जाँगर न साँगर खाने बेला आँ गर्
- जाँड बिग्रने मोर्चा गुना, छोराछोरी बिग्रने आमा गुना !
- जाडो भयो राती अनी बुढी ताती
- जात फाल्नु गहतको झोलमा
- जान्दो न बुझ्दो अघि अघि सर्दी, सुत्केरीको मर्म के बुझ्छ मर्दों
- जान्नु न सान्नु थुतुनो मात्रै तान्नु
- जापानीले बेसार खाओस न स्वाद पाओस
- जाहा ईक्छा, त्यहाँ उपाए
- जिउ पाल्न भन्दा नाम पाल्न गाह्रो
- जिउँदी कमारीको बाह्रबिसे पोड़, मदर्दी कमारीको कोहि न कोहि
- जिउदाको जन्ती, मर्दाको मलामी
- जिते हस्तिनापुरको राज, हारे चपरी मुनीको बास
- जिउदाको जन्ती मर्दाको मलामी !
- जिब्रो चिप्लो मन भने कालो।
- जीउको सार घाँटी कुराको सार गाँठी
- जीईको जोई पोईको पोई हामी बीचमा कोई न कोई
- जीउ भए घ्यू पिए
- जुत्ता लगाउनेको चुरिफुरी खोला आए पछि देखिन्छ
- जुत्ताको माला लगाएको नेता छाला देख्दा तर्सन्छ
- जुन गोरुको सिंग छैन उसैको नाम लिखे
- जुन जोगी आएपनि कानै चिरेको
- जुन थालमा खायो, त्यही थालमा हग्छ
- जुन नेता आए पनि घुस खान नछाड्ने
- जुनकिरीको पिंधले स्वर्ग उज्यालो हुदैन
- जुवाको धन गन्दै नगन
- जुनकिरीको पिंधले स्वर्ग उज्यालो हुदैन !
- जुन आस लाग्दो उही जेठाजु !
- जुन थालमा खायो त्यही थालमा हग्छ।
- जुन गोरूको सीङ छैन उसैको नाम तिखे
- जेठाज्यूको हातको कोदालो सजिलो
- जेठी बुढीको राम्रो कुरा तितो, कान्छीको चाहिँ झटारो नै मिठो
- जो अगुवा उही बाटो हगुवा
- जो डर्यो, सो मर्यो
- जो चोर उसकै ठुलो स्वर
- जो निर्धन उसैको नाम धनप्रसाद
- जो बोक्सी, उही सुंडेनी जो हात, सो साथ
- जो होचो उसको मुखमा घोचो
- जोगी देख्दा भैंसी तर्सिने, भैंसी देख्दा जोगी तर्सने
- जोगीको घरमा सन्यासी/हिप्पी पाहुना
- जो सहे सो रहे !
- जो लाउँछ चुक्ली उही जान्छ फुक्ली
- जो छ खूनी उसैलाई हुनी जो छ दानी बिग्रने बानी।
- जो होचो उसको मुखमा घोचो।
- जोई न जुंगा पोई न पोते, सातु न सोप्रयाक, केरा खाँदै सुसेल्दै ।
- जोईको जोई पोईको पोई हामी बीचमा कोई न कोई।
झ ---------------------------
- झड्केलो छोराछोरी, खढ्कुलाको भात !
- झापाको खेती, ईलामको केटि, पाँचथरको झगडा, ताप्लेजुङकाे बखडा ।
- झाल रहे चिचिला लाग्छ
- झिंगाको डिंगाले हात्ती मर्दैन
- झिड्ङ्गो मारि धार्नी न विसौली
- झुकेको शिर र भत्केको भिर प्रति कसैको आश दैन
- झुटो बोल्नेले छिटो कसम खान्छ
ट-----------------------------
- टपरी माझेर कहिल्यै चोखिदैन
- टल्कदैमा सुन हुदैन
- टाढाको देउता भन्दा नजिकको भुत काम लाग्छ
- टाढाको देउता, करेसाको भुत
- टुपी समाएर गालामा चड्कन
- टुप्पीभन्दा माथि थात छैन, बाहुनभन्दा माथि जात छैन
- टुहुराको पनि दिन फर्कन्छ
- टुहुराको सहारा दैव
- टोपी न सोपी, कपाल केले छोपी
- टपरीमा भात, हातमा सिन्को, निर्बाह भयो आजको दिनको
- टुप्पीभन्दा माथि थात छैन, बाहुनभन्दा माथि जात छैन
- टुहुरोको दिन फर्कन्छ
- ठाउँ न ठहर बूढीको रहर।
- ठाउँमा लगाए गाजल, कुठाउँ मा लगाए मोसो
- ठाडो टिका लाउछे, स्वामी कहाँ धाउछे
- ठुलो गाँस नहाल बुहारी, कष्ठश्री छिन्ला !
- ठेस लागेन भने उखुबारी पस्नु, ऋण लागेन भने जमानी बस्नु
- ठेस लाग्न भिर चाहिन्न
ड----------------------------
- डढेको मुखमा खुदो हालेको रोटि
- डरलाग्दा मान्छेका घिनलाग्दा कुरा !
- डराउने मान्छेलाई रुखको ठुटो पनि बाघ बन्छ !
- डाँकाले खाएको धन,आगोले खाएको बन !
- डोकोमा दुध दुयेर रहदैन !
- डिङ्गाको सरापले हात्ती मर्दैन।
- ढाँटको निम्तो खाई पत्याउनु
- ढिंडो र फाँडो एउटै हो
- ढिकीले स्वर्गमा पनि धानै कुट्छ !
- ढिलै होस् तर छोरो होस्
- ढुंगा खोज्दा देउता मिल्नु
- ढुंगाको भर माटो, माटोको भर ढुंगा
- ढुटे कि छोरी कनिका खानेमा परी, कनिका देखेरै उफ्रेर मरी
त --------------------------
- तरुनी हुँदा सयवटा पोई, मर्ने बेला कोइ न कोइ
- तँ आउदा महि पाइनस , तेरो कमारी पठाइदे दहि दिउला !
- तँ आँट म पुऱ्याउँछु
- तँ आउँदा मोही पाईनस, तेरो कमारी पठाईदे दही दिउँला
- तँ कुटे जस्तो गर, म रोए जस्तो गर्छु
- तन्नेरीको साथमा तरुनीको नासो
- तरुनी हुँदा सयवटा पोई, मर्ने बेला कोड़ न कोड़
- ताउलोमा जाउलो छैन, प्रधान शत्रु अमेरिका
- ताक परे तिवारी नत्र गोतामे
- ताकेर हान, हानेपछि छिनाल
- तातै खाऊँ जली मरूँ
- तातो दुध निल्नु न ओकल्नु
- तातो पानीले घर डढदैन
- ताप्के ताते पो काम हुन्छ, बिंड मात्रै तातेर के काम
- तालिममा पसिना बगाउनेले लडाईमा रगत बगाउन पर्दैन
- तावाबाट फुत्केर भङ्ुग्रोमा
- तित्रो बास्यो आफ्नै खती
- तिहारको ज्वाईं, श्राद्ध को सालो !
- तित्राको मुखै बैरि !
- तिम्रो पोइ लोते लोते, कसले दियो पोते !
- तिर्खा धाउँछ, खोला धाउँदैन
- तिर्थ न व्रत, भुडी भर्त
- तीजको झरी, चेलीबेटीको आँसु
- तेरो पो धान छन्, कुट्यो खायो, आफ्ना त चामल छन्, कहिले निफन्नु कहिले केलाउनु
- तेल कम चिड चिड ज्यादा
- तेर्सो बाटोलाई फेरो नभन्नु, सौते पोइलाई मेरो नभन्नु !
- तैं रानी मैं रानी को भर्ला कुवाको पानी
- तै रिन मै बूढी बाख्री किन।
थ--------------------------
- थाकेको बेलामा पाकेको केरा
- थापा गयो नेपाल, खेत भयो सस्तै, कुलो लग्यो पहिरोले, जस्ताको तस्तै
- थारुलाई दारु र मुसा भए केही चाहिँदैन
- थुतुनो र मुतुनो जोगाउनु
- थैली बलियो भए साथीको के कमि !
- थोत्रो घरमा मुसाको रजाई
- थोपा थोपा मिलेर सागर बन्छ
- थोपड़ा ना सोप्डा प्रियंका चोपडा
- थोरै भए ठिक्क, धेरै भए दिक्क
- थोपा थोपा मिलेर सागर बन्दछ !
द--------------------------
- दमाइको लुगामा तुना छिनेको
- दरबारमा जन्मदैमा सबैजना राजा हुदैनन्
- दरबारमा प्रवेश गर्दैमा साँढे राजा बन्दैन, बरु दरबार गोठ बन्छ
- दशा भनेको बाजा बजाएर आउँदैन।
- दशा लागेको बेला नभरेको बन्दुक पनि पड्कन्छ
- दाजुलाई सक्दिन, भाउजुलाई राख्दिन
- दाजुको चिउरा, भाउजुको खटन !
- दाजुसँग काम लिनु छ भने भाउजु रिझाउनु, श्रीमान फकाउनु छ भने सासु रिझाउनु
- दाहिने हातले खाएपनि देब्रे हातले खाएपनि पर्ने त उही मुखमा नै हो !
- दिउ आफु नाङ्ङ्गो, नदिउ इष्ट बाड्ङ्गो
- दिउँ आफू नाङ्गो नदिउँ माग्ने/इष्टको मुख बाड्ङ्गो
- दिन उजेली सुती बिताइ, रात उजेली बिस्कुन सुकाइ
- दिनमा कमिनी कपाल कोर रातमा कमिनी घोचा चोर
- दिउ आफु रित्तो, नदिउ इष्टको मुख बाङ्गो !
- दिन उजेली सुती गुमाई रात उजेली बिस्कुन सुकाई
- दुई जोइको पोइ कुना पसी रोइ
- दुबो मौलाएझैँ मौलाउनु तर कुकुर बौलाएझैँ नबौलाउनु !
- दुश्मन खोज्न टाढा जानु पर्दैन !
- दुबै हातमा लड्डू
- दुःख कहिल्यै एक्लै आउँदैन ।
- दुःखीलाई दिन्छु नभन्नू, विधवालाई लान्छु नभन्नु
- दुःख पाइस मंगले आफ्नै ढङ्गले
- दूध दिने गाईको लात्ती सहनुपर्छ
- देख्ना दाल खाना काल।
- देश गुनाको भेष कपाल गुनाको केश
- दैव दिने पितृ हर्ने।
- दौरा न सौराको खल्ती
ध--------------------------
- धन कमाई धाक, साथी कमाई लाख
- धन देख्दा महादेवको तीन नेत्र धन भने पछि महादेव को पनि तीन नेत्र
- धन परेको भन्दा मन परेको राम्रो धनै रह्यो, मनै रह्यो
- धर्ममा बसेकी स्वास्नी एउटैको, पोइला हिडेकी सबैको
- धनको पखेटा हुन्छ
- धन कमाई धाक, साथी कमाई लाख !
- धन भने पछि महादेव को पनि तीन नेत्र !
- धान खाने मुसा, पिटाई खाने भ्यागुतो !
- धाक भन्दा धक्कु ठुलो, हिड्ने बेला खुट्टा लुलो
- धान खाने मुसा, चोट पाउने भ्यागुतो
- धान पाके निहुरन्छ, कोदो पाके ठडिन्छ धेरै खाए मल, थोरै खाए बल
- धेरै खाए मल थोरै खाए बल।
- धेरै खायो भने चीनी पनि तितो हुन्छ
- धेरै बिरालो हुँदा मुसा मर्दैन
- धेरै जोगी मठ उजाड।
- धोबीको कुत्ता यता न उता
- धोबीलाई हतार हुँदैमा घाम लाग्दैन।
- धोवीको कुकुर घरको न घाटको
न--------------------------
- न्यौरी मारी पछुतो !
- न्याय नपाए गोर्खा जानु
- न आमा पट्टिको न मामा पट्टिको
- न धुँदा जाने, न रुँदा जाने
- नकचरा को ओखति छैन
- नक्कल गर्न पनि अक्कल चाहिन्छ
- नडले चिमोटे हुनेलाई बन्चरो किन लगाउने नजाने गाउँको बाटो नसोध्नु
- नजाने शहरको GPS नलगाउनु
- नजिकको तीर्थ हेला
- नजित्ने लडाइँ नलडेकै राम्रो
- नदिने बजैले बुधबार बार्छिन
- नदुखेको कपाल डोरी लगाई लगाई किन दुखाउनु
- नपत्याउने खोलाले बगाउँछ
- नपाउने ले केरा पायो बीयर संगै खायो
- नपाउनेले केरा पायो बोक्रा समेत चपायो
- नपाउनेले केरा पायो, चियामा चोपी खायो
- नपाउनेले छोरो पायो, खेलाई खेलाई मार्यो
- नपाउनेले केरा पायो बोक्रा समेत चपायो।
- नसो पस्यो, माया बस्यो !
- नजीकको देउता हेला
- नजाने गाउ को बाटै नसोधनु !
- न बिराउनु न डराउनु !
- नबोलाएको ठाँउ मा कुकुर मात्रै जान्छ
- नबोल्नेको कोहि पनि बैरी हुदैन
- नभएकी स्वास्नी कस्ती कस्ती, भएकी स्वास्नी सस्ती
- नमच्चिने पिङको सय झड्का
- नयाँ जोगी खरानी धेरै घस्छ
- नयाँ दुलही चुरा धेरै बजाउँछिन्
- नशा भनेको सुर्तीले पनि दिन्छ
- न मच्चिने पिङ को सए झट्का !
- नपत्याउने खोलाले बगाउँछ
- नभेटुन्जेल उसैको पिरलो, भेटे पछि कुकुर र बिरालो !
- नभरेको गाग्रो छछल किन्छ !
- नठिनिको नाठो काख छउन्जेल आफ्नो !
- नबोल्नेको कोहि पनि बैरी हुदैन !
- नहुनु मामा भन्दा कानै मामा जाती !
- नखाउँ भने दिनभरिको शिकार खाउँ भने कान्छाबाबुको अनुहार
- नाउँ न जस् खरानी घस्
- नाच्न न जान्ने को आगन टेडो !
- नाकमुनि कन्दनि।
- नानी भन्दा आची ठूलो
- नाङ्लो ठटाई हात्ती तर्साउनु
- नातिनिको कुर्ता सुरुवालमा हजुरआमाको रजाइ
- नानी भन्दा आची ठूलो
- नाफा भए पेशा, घाटा भए दशा
- नाम होस् या बदनाम, तर नहोस् गुमनाम
- नामर्दकि जोइ हुनुभन्दा मर्दकि कमारी हुनु जाति
- नामर्दलाई लुतो
- नारीको भाग्य बिहान सोह्र साँझ चौसठ्ठी
- निभ्न लागेको बत्ती चहकिलो बल्छ
- नेवार इस्ट र बाउ दुष्ट कहिल्यै हुँदैन
- नेवार बिस्यो भोजले, बाहुन् बिस्यो मोजले
- नौलो छँदा नौ पुलाको गाँस, पूरानो भएपछी जगल्टाको नाश
प----------------------------
- पटुकामा रुपैया, बटुकामा भात
- पढिलेखी छैन काम, चम्चागिरी गरी खायो माम
- पढेर भन्दा परेर जानिन्छ
- पढ्यो गुन्यो के काम, हलो जोत्यो खायो माम
- पर्छ टर्छ !
- पढी गुनी के काम हलो जोति खायो माम
- पण्डितको टुप्पी न एन्टिना न एरिएल
- परबाट भिनाजु आए, तँ जान्छेसकी म जाउँ
- पहिले गरेर देखाउनु अनि भन्नु
- पहिलो गाँसमै ढुङ्गा
- पहेंलो सबै सुन हुँदैन
- पश्चिमबाट घाम उदाउनु र बाहुनको चित्त बुझाउनु एउटै हो
- पशुपतिको जात्रा सिद्राको ब्यापार
- पशुपतीको जात्रा, गाजाको ब्यापार ।
- पहिले गरेर देखाउनु अनि भन्नु !
- पहिलेको तीतो पछिको मीठो
- पाँच घरका कुत्ता, खाने बेला यता न उता
- पाँच पैसाको ल्वांग छैन, दस पैसाको स्वांग
- पाठकी कन्धनी, भाङ्ग्राको धोती
- पाडो खानेले बाच्छो राख्दैन
- पानी खानू मूलको, स्वास्नी ल्याउनू कूलको
- पानीमा बसी गोही संग दुस्मनी
- पाप धुरीबाट कराउँछ पापा पनि चिची पनि
- पापा पनि चिची पनि।
- पाडो पाए नि पाडी पाएनी भतुवालाई बिगौती
- पाँच पैसाको ल्वांग छैन,दस पैसाको स्वांग !
- पानीमा बसी गोही संग दुस्मनी !
- पाडो खानेले बाच्छो राख्दैन !
- पारिको घाँस हरियो हुन्छ
- पुड्के बाहुनको सुड्के चन्दन
- पूँजी न सुजी उचाल मुजी
- पैसा न कौडी बजार बजार दौडी
- पोहोर मरी सासु, अहिले आयो आँसु
- पोहोरको मकै धेर यसपालीको जाडो धेर
- प्रतिक्षाको फल मिठो हुन्छ
- प्रशासनमा घुसखोरी, जनता बोल्दैनन् मुख फोरी
- प्रेमिकाले छोडेको कहिले कहिले, लभलेटर लेख्छन् आहिले
फ ---------------------------
- फकाई फकाई ल्याए, चिमोटी चिमोटी मारे
- फलामले फलाम काट्छ
- फिनी हराएको थाहा छैन गहुँको दाना गन्ने
- फोकटको पाए एक मानो चुक पनी खान्छ
- फोश्रो आशा नदेखाऊनु !
- फलामले फलामलाई काटछ !
- फुत्केको माछो ठुलो !
- फूलको बास्ना वरिपरि मान्छेको बास्ना डाँडापारी
ब---------------------------
- ब्रत बस्ने हामी, फलाहार खाने कामी
- बचनको चोट, मनको घाउ
- बजेट कहाँ पोखियो, आफ्नै पकेटमा
- बत्ती मुनि अँध्यारो
- बनको चरी बनमै रमाउछ
- बनको बाघले खवोस नखावोस, मनको बाघले खान्छ
- बरु आगो छुनु, आइमाई नछुनु
- बर्मा आए कर्मसँगै, नेपाल गए कपालसँगै
- बलिया बाड्ङ्गा बाघलाई बूढाखाढा माघलाई
- बलेको आगोमा घिउ थप्नु
- बडार्नु पर्ने कसिंगर हावाले उडायो
- बचनको चोट, मनको घाउ
- बजेट कहाँ पोखियो, आफ्नै पकेटमा
- बत्ती निभ्नु आधी धपक्क बल्छ
- बत्ती मुनि अँध्यारो
- बनको चरी बनमै रमाउछ
- बनको बाघले खवोस नखावोस, मनको बाघले खान्छ
- बरू आगो छुनु, आइमाई नछुनु
- बँदेल जति मोटायो उति मु** साँगुरो !
- बलिया बाङ्ङ्गा बाघलाई, बूढाखाढा माघलाई
- बलेको आगोमा घिउ थप्नु
- बलेको आगो ताप्न छोडेर निभेको आगो को तापोस्!
- बचनको चोट, मनको घाउ !
- बाउ गणेश, छोरो गोबर गणेश
- बाउभन्दा छोरा जान्ने, खुकुरीभन्दा कर्द लाग्ने
- बाउले गर्नु पर्ने चुलाको ड्युटी
- बाउ गणेश, छोरो गोबर गणेश
- बाउभन्दा छोरा जान्ने, खुकुरीभन्दा कर्द लाग्ने
- बाउले गर्नु पर्ने चुलाको ड्युटी
- बाघ कराउनु बाखो हराउनु
- बाघ बुढो भए पनि घाँस खाँदैन
- बाघ बुढो भयो भने नि शिकार गर्न छाड्दैन
- बाघ बुढो र स्याल तन्नेरी
- बालुवा निचरेर तेल आउदैन !
- बाख्राको चाकमा किरा परेको।
- बाख्रा पुच्छर काट्यो बोकालाई सजिलो ।
- बाख्राले विराउँछ भेडाको कान काट्ने।
- बाघ देख्न बिरालो हेर्नु, शत्रु देख्न दाजुभाइको हेर्नु
- बाघ बुढो भए पनि घाँस खाँदैन
- बाघ बुढो भयो भने नि शिकार गर्न छाड्दैन
- बाघ बुढो र स्याल तन्नेरी
- बाघ बुढो स्याल तन्नेरी एक हुँदैन
- बाघ मरेपछि छालाले बाँच्छ, मान्छे नामले
- बाघले सिनो खादैन
- बाघ समाउन गएको, खरायोले खशयाक्क गर्दा मुर्छा
- बाघका सय गोठ
- बाघको छालामा स्यालको रजाई
- बाघको छोरा स्याल
- बाघको न्यासो लागे बिरालोको अनुहार हेर्नु
- बाघको बाटो बाघ हिड्छ, सर्पको बाटो सर्प
- बाघको मुख खाए पनि रातै, नखाए पनि रातै
- बाघले नचिनेको वन र वनले नचिनेको बाघ हुँदैन
- बाच्छो खाने बाघले पाडोलाई नि बाँकी राख्दैन
- बाटो न घाटो, दगुर्छ लाटो
- बालब्रम्हचारी, नारी देखे आँखा मारी ।
- बाहुनको चित्त माखाको पित्त
- बाहुनको बिर्ता बोकाको मोलमा जान्छ
- बाहुनलाई खाई जाडो, क्षेत्रीलाई नुहाई जाडो
- बाहुनले च्याउ खाओस न च्याउको स्वाद पाओस
- बाहुन बिग्रियो लोभले, नेवार बिग्रियो भोजले, राना बिग्रियो मोजले
- बार्ह बर्षमा पोई आको म राँडीलाई जरो आको
- बाह्र बर्ष पछी घर फर्केको , आजैका दिनमा बुडी परसरेकी
- बाह्र छोरा तेह्र नाती बुढाको धोक्रो काँधै माथि
- बाँदर को पुच्छर, लौरो न हतियार !
- बादरको पुच्छर टाई न इंजार
- बाँदरको हातमा नरिवल
- बाघ दुब्लाएर बिरालो हुदैन
- बाबू भन्दा छोरो जान्ने, नाति पेटै बाट मट्याङ्ग्रा हान्ने
- बारी न विरुवा नौ मुरी तोरी
- बार्ह छोरा तेन्ह नाति, बूढाको धोक्रो काँधै माथि
- बार्ह छोरा तेन्ह नाति, बूढाको मन तरुनी माथि\
- बार्ह वर्षमा खोलो पनि फर्कन्छ
- बाच्छो पाओस कि बाच्छी, भतुवालाई बिगौती
- बालीनाली अरूको राम्रो, छोराछोरी आफ्नो
- बालब्रम्हचारी, नारी देखे आँखा मारी
- बालुवा निचरेर तेल आउदैन
- बाहिर बाहिर लोकाचार भित्र भित्र पोका पार
- बाहुनको चित्त माखाको पित्त
- बाहुनको टुप्पी एरियल न एन्टिना
- बाहुनको बिर्ता बोकाको मोलमा जान्छ
- बाहुनको सेखी झार्न नेवारले भाङ्राको धोती लगाउछ
- बाहुनलाई दिनी, खुदोमाथि चिनी
- बाहुनले च्याउ खाओस् न स्वाद पाओस्
- बाह्र बर्ष बाइबल पढायो, भुकम्प आउँदा राम राम
- बाह्र बर्ष रामायण पढायो, सीता कस्की जोई
- बाह्र बर्षमा पोइ आयो, मैं राँडीलाइ ज्वारो आयो
- बिना चालले कुकुर भुक्दैन, मुलाको ड्याङ्गमा हात्ती लुक्दैन !
- बिनाश काले बिपरिते बुद्दी !
- बिद्या नै धन हो!
- बिरालोको घाँटीमा सिद्राको माला
- बिहे गर्ने अलमलमा केटी खोजै बिर्सियो
- बिरालोको हातमा सिद्राको नासो
- विष्टका घरमा भात पाक्यो, दमाईका घरमा खलबल
- बिराउने रामे चोट पाउने चामे।
- बिग्रेको घरको भत्केको चाला
- बुझ्दो न सुझ्दो टुंडिखेल कुद्दो
- बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड
- बुढानिलकण्ठ नारानथान, सौता सौता हानाहान
- बूढा मरे भाका सरे
- बूढी मर्यो काल पल्क्यो
- बुढी मरी भनेर होइन काल पल्क्यो भनेर डराउनु पर्छ
- बुढेसकालमा पाटीको वास।
- बूढी मर्यो काल पल्क्यो।
- बुढो पोईले हसाउँछ, ठिटो पोईले रुवाउँछ
- बुहारीको छाती हेरि गाउँले अघाए, नाति केटो भोकै
- बेलामा छोरा छोरिलाई नकुटेपछि आफ्नो छाती पिट्नु पर्छ
- बैंक लुट्नेलाई भन्दा समाउन जाने पुलिसलाई लाज
- बैंसमा स्याल पनि घोर्ले हुन्छ
- बैगुनीलाई गुनले मार्नु
- बैरो हाँसे, पैरो चल्छ
- बैद्यका गलागाँड, ज्योतिषीका छोरी राँड
- बैरो हाँसे, पैरो चल्छ !
- बोकाको मुखमा कुभिन्डो
- बोकाले दाईं हुने भए गोरु किन चाहिन्थ्यो
- बोकाले रोपाइँ हुने भए गोरु किन चाहियो
- बोल बोल माछा मुख भरी पानी
- बोली र गोली छुटे पछी फर्कदैन
- बोलेर बाठो र दौडेर छिटो कहिल्यै हुँदैन
- बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन
- बोल्ने को पिठो बिक्छ, न बोल्ने को चामल पनि बिक्दैन !
- बोली र गोली छुटे पछी फर्कदैन !
भ---------------------------
- भ्वाङ् भन्दा स्वाङ् ठुलो
- भए अन्त नभए बुढाथोकीको जन्त
- भण्डारीले भन्दियो, गोतामेले गोददियो
- भतुवालाई पाडो पाए पनि पाडी पाए पनि बेगौती
- भन्दाखेरी छ, गन्दाखेरी सात
- भन्नै परे पछी भित्तै पुर्यएर भन्नु
- भ्रस्ताचार नगरनेलाई सिंहदरबार के काम ।
- भरि गाग्रो छ्चल्किन्न !
- भँडारीको बिहेमा पाँडेको परिपञ्च
- भए अन्त नभए बुढीको जन्त।
- भंगेरो मार्न सजिलो हुन्छ, भुत्ल्याउन गाह्रो !
- भँडार खनेर आँगन पुर्नु
- भन्सारमा सुन छ लिन गए हुन्छ
- भाई भए भरोस, गाई भए गोरस
- भाग्यमा छ भन्दैमा डोकोमा दुध दुहेर अडिदैन
- भाग्यमानीको भूतै कमारो
- भाइ गोठ, सालो धुरि
- भाइ फुटे गँवार लुटे
- भाङ्ग्राको टोपीमा गुहेंलीको फूल
- भारी माथि सुपारी
- भाउजुले पोलेको देवर, बुहारीले पोलेको ससुरो !
- भाउजुको देवर तन्नेरी !
- भाई भए भरोस, गाई भए गोरस !
- भित्ताको पनि कान हुन्छ
- भित्र खोले सिस्नो स्वाप् स्वाप्, बाहिर डिङगो जुत्ता ढ्याप् ढ्याप्
- भिरको चिन्डो, उधो न उभो
- भीरमा जाने गाईलाई राम राम भन्न सकिन्छ, काँध थाप्न सकिन्न
- भिर को चिन्डो, उधो न उभो !
- भिताको पनि कान हुन्छ
- भुक्ने कुकुर भुकिरहन्छ, टोक्ने कुकुर सुतिरहन्छ
- भुक्ने कुकुरले टोक्दैन
- भेंडा भेंडाको हूलमा, बाख्रा बाख्राको हूलमा
- भेटी न सेटी, बस मरिमेटी
- भैंसीलाई सिङ भारी हुँदैन
- भोको पेटलाई तातो खिर
- भोको पेटले सोच्न सक्दैन
- भोको भन्छ डाँडावारि खाउँ, अघाएको भन्छ डाँडापारि खाउँ
- भोजन हैन भोक मिठो
- भैंसी नुहाएर गाई हुदैन, भाई मोटाएर दाई हुदैन ।
- भेडा भेडासँग बाख्रा बाख्रासंग
- भेंडा भेंडाको हूलमा, बाखा बाखाको हूलमा
- भेंडाको खोलमा ब्वाँसो।
- भेटी न सेटी, बस मरिमेटी
- भैंसीलाई सिङ भारी हुँदैन
- भोको पेटलाई तातो खिर
- भोको पेटले सोच्न सक्दैन
- भोको भन्छ डाँडावारि खाउँ, अघाएको भन्छ डाँडापारि खाउँ
- भोजन हैन भोक मिठो
- भोटेको बुद्धि भेडाको जस्तो
- भोजन हैन भोक मिठो !
- भ्रष्टाचार नगर्नेलाई सिंहदरवार के काम
म---------------------------
- मकैको रोटीमा घिउ हाल्न र माइतिको सम्पतिमा जिउ हाल्न बेकार छ
- मन नपर्ने जेठी बुढिले पकाएको खिर पनि गनाउँछ, मन पर्ने कान्छी बुढिको पाद पनि बसाउँछ
- मन परेको केटो जेठाजू
- मन परेको फुल सुकेपनी रसिलो
- मन पर्ने मान्छेको दुर्गन्ध नै सुगन्ध
- मनको लड्डु घ्यूसँग खानु
- मनको बह कसैलाई नकह।
- मनमा चिसो पस्नु
- मन्त्री हुनु कहिले कहिले, कमिसन थाप्नु पहिले
- मरी जाने चोला, उडी जाने सास
- मरी लानु केहि छैन
- मरेको बाघको जुगा उखेल्ने
- मरेको बिरालो काखी च्यापेर ठिमीको उकालो
- मर्दकी दश ओटी
- मर्दको जुगासँग आगो पनि हच्किन्छ
- मर्नु भन्दा अगाडि आङ् तन्काउनु
- मर्नु भन्दा बौलाउनु निको
- मर्ने बेला हरियो काँक्रो
- मर्नै परेपछि खुट्टै तानेर मर्ने
- मह काढ्नेले हात चाट्छ
- मरेपछि डुमै राजा
- मरेको मधेसीले जिउँदो पहाडेलाई ठग्छ
- मर्दको जुँगासँग आगो पनि हच्किन्छ !
- मर्ने बेलामा हरियो काँक्रो
- मरेपछि ओखती
- मरेको बाघको जूँगा उखेल्न।
- मकैको रोटीमा घिउ हाल्न र माइतिको सम्पतिमा जिउ हाल्न बेकार छ !
- मरी जाने चोला, उडी जाने सास !
- मनको लड्डु घ्यू संग
- मलाई खाने बाघले तँलाई पनि खान सक्छ
- माकुराको जाल झिंगाको काल
- मागेको गोरु, चोरेको हलो, बाँच्नु भन्दा मरेकै भलो
- माग्नेलाई छान्ने अधिकार हुँदैन
- माग्नेको धन दशचोटि गन्
- माग्नेलाई तातो भात
- माछा देखे दुलो भित्र हात, सर्प देखे दुलो बाहिर हात
- माछाको बल पानी सम्म
- माछो माछो भ्यागुतो
- मान्छेमा ईख, सर्प मा बिष न भए कोही डराउदैन !
- मामाको घोडी मेरो हि हि
- माझीको मतो गर्दा सात गाउँ डुबे
- माझीले सल्लाह गर्दागर्दै सात गाउँ डुब्यो
- माटाका भाँडालाई काठका मुंग्रा
- मानो रोपेर मुरी फल्ने
- मान्छे खेदाउनु अगाडीबाट बस्तु खेदाउनु पछाडीबाट
- मान्छेमा ईख, सर्पमा बिष नभए कोही डराउदैन
- मामा अगाडि कुलका वखान
- मामा आउँदा केरा पाकेन, केरा पाक्दा मामा आएनन्
- मामाको घोडामा भान्जा को हे हे
- मारे पाप पाले पुण्य
- मागेको गोरु, चोरेको हलो, बाँच्नु भन्दा मरेकै भलो !
- माग्नेको धन दशचोटि गन्।
- माग्नेको मुख बाङ्गो।
- माग्नेलाई तातो भात !
- माग्नेलाई छान्ने अधिकार हुँदैन !
- माकुराको जाल झिंगाको काल !
- मामाको घोडामा भान्जाको हे हे !
- माछा देखे दुला हात, सर्प देखे खोकिलामा हात
- मीठो कुराले पेट भर्दैन ।
- मुखमा लगाउन चिलाउनेको गेडो छैन, कुन्नि के जातिमा लगाउन जाइफल
- मुखमा सरस्वती हुनेको सधैं वृहस्पति आउँछ
- मुर्ति चोरलाई पशुपति न गुहेश्वरी
- मूर्ख र पैसा छिट्टै सकिन्छ
- मुर्खको धन रहदैन !
- मुख कामी लाई जेवल चहिदैन !
- मुखमा राम राम बगलीमा छुरा !
- मुखमा लगाउन चिलाउनेको गेडो छैन, कुन्नि के जातिमा लगाउन जाइफल
- मुखमा सरस्वती हुनेको सधैं वृहस्पति आउँछ
- मुर्ति चोरलाई पशुपति न गुहेश्वरी
- मूर्ख र पैसा छिट्टै सकिन्छ
- मूर्खको धन रहँदैन
- मुसाको छोरी मुसैलाई
- मूर्खलाई सय कोर्रा बुद्धिमानलाई एक कुरा।
- मेहनतको फल मिठो हुन्छ !
- मेरो गोरूको बाहै टक्का
- मेहनतको फल मिठो हुन्छ
- मोही माग्नु, ढुंग्रो लुकाउनु
- मौका आउँछ पर्खिदैन, बगेको खोला फर्किंदैन
- मौकामा चौका हान्न जान्नु पर्छ
- मौकामा कोढीको पनि पाउ मोल्नु पर्छ
- मौका परे दुलाँ हात मौका नपरे पाखाँ हात।
- मौकामा हिरा पनी फोर्न सक्नु पर्छ
- मौका हिरा फोर्न बेमौकामा कोडी नछोड्नु।
- मौका मा चौका हान्न जान्नु पर्छ !
- मौन सम्मत्ति लक्षणम्।
र ----------------------
- राँडी घरमा पोइको के खाँचो !
- रावण मरेर लंका खाली हुँदैन !
- रात राम्रो जुनले, मान्छे राम्रो गुनले !
- रात रह्यो, अग्राख पलायो / रात रहे अग्राख पलाउँछ
- राजाको काम छोडी कामीको देवाली
- राजाको काम चारैतिर बदनाम
- राजाको अँगाडि र घोडाको पछाडि नलाग्नु, लात खाइन्छ
- राजाको घरमा नुन को दुःख
- राजाको धन जान्छ, भंडारेको पेट पोल्छ
- राजाको घरमा नुन को दु:ख !
- राजाको मति १२ बर्ष प्रजातन्त्रमा राखे पनि बाँड्ङ्गाको बाँड्गै
- राम राम सीता पोइ, मर्ने बेला कोही न कोही।
- रात गए अग्रात पलाउँछ
- रात भरि करायो, दक्षिणा हरायो
- रात राम्रो जुनले, मान्छे राम्रो गुनले
- रातभरि सराप्यो महाजन त जिउदै
- रातभरी रामायण पढायो, सीता कस्की जोड़
- रातभरी रुड्यो बूढी जिउँदै
- राम राम सीता पोइ, मर्ने बेला कोही न कोही
- रावण मरेर लंका खाली हुँदैन
- रात भरि करायो दक्षिणा हरायो !
- राँडीलाई लान्छु , गरीबलाई दिन्छु नभन्नु
- रात गए अग्रात पलाउँछ !
- राम्रो बैठान आधा बैठान।
- रिस खा आफू, बुद्धि खा अरु
- रिसको झोकमा कसले बेद पढ्छ
- रिसको झोकमा कसले बेद पढ्छ !
- रुद्रघण्टी नहुनेको विश्वास नगर्नु
- रुने आँखालाई गाजलले छेक्दैन
- रोटी चिल्ला मीठा कुरा खस्रा मीठा
ल----------------------
- लक्का छोरोलाई के को धक्का
- लगनको बेला हगन
- लगनपछिको पोते के काम
- लंगडाको देशमा खुट्टा खुम्च्याउनु।
- लगौंटी च्याती कुसुमे रुमाल
- लड्का जित्ने हनुमान जस पाउने ढेडु
- लहरा तान्दा पहरा गर्जिन्छ
- लाटाको देशमा गाँडा तन्नेरी
- लक्ष्मी चंचल हुन्छिन्।
- ल्हासा सुन छ मेरो कान बुच्चो !
- लङ्का जित्ने हनुमान पगरी गुथ्ने ढेडू
- लजालु बुहारी, असनको डेरा !
- लक्का छोरोलाई के को धक्का !
- लहरो तान्दा पहरो गर्जन्छ।
- लाटो लड्छ एक बल्ड्याङ बाठो लड्छ तीन बल्ड्याङ
- लात को घोडा बात ले मान्दैन
- लातको भुत बातले मान्दैन
- लानेको निधो छैन, जानेको तर्खर
- लानेलाई भन्दा जानेलाई हतार !
- लालमायाको त पत्तै छैन, खस्रे कामिको खसखस !
- लाटो लड्छ एक बल्ड्याङ बाठो लड्छ तीन बल्ड्याङ
- लाटो देशमा गाँडो तन्नेरी
- ले ले बाबु गुलेली, मारिदिउँला जुरेली
- लोहाको बैरी लोहा।
- लौरो टेके भर हुन्छ, कान्छी ल्याए घर हुन्छ !
- लिम्बुको बुद्धि घुँडामा
- लिखितमको अघाडी बखतम चल्दैन !
- लूटको धन फूपूको सराद
- लोग्ने स्वास्नीको झगडा परालको आगो
- लोभले लाभ, लाभले विलाप।
- लोभीको धन छट्टुले खान्छ
- लोभीहरु रहुन्जेल पापीहरु भोकै मर्दैनन्
- लौरो टेके भर हुन्छ, कान्छी ल्याए घर हुन्छ
- ल्हासामा सुन छ, कान मेरो बुच्चै
व----------------------
- वचन फेर्नु र बाबु फेर्नु उस्तै हो
- वल्लो घरको नरे, पल्लो घरमा सरे
- वल्लो घाट न पल्लो तीर
- वनको बाघले खाए नि नखाए नि मनको बाघले खाने।
- वारि खाल्डो पारि भीर।
- वाणाको घरमा सबै पुजारी
- वारि खाल्डो, पारि भीर
- विनाश काले विपरीत बुद्धि
- विष नभएको सर्प र ईख नभएको मानिस काम लाग्दैन
- विष्टको घरमा भात पाक्दा दमाईको घरमा खलबल
- विसौलीको जिब्रो फड्कार्नु भन्दा धार्नीको टाउको हल्लाउनु बेस
- वैद्यका गलगाँड जैसीका छोरी रॉड
स----------------------
- स्याल कराउनु कुखरा हराउनु।
- सम्धीको निहुँले मलाई पनि घिउले !
- संगतले मानिस चिनिन्छ।
- संगत गुना को फल
- सज्जन सँगको मितेरी शिलापत्र, दुर्जन सँगको मितेरी अलपत्र
- सत्त्य को धन रहन्छ, असत्त्य को धन रहदैन
- संगैका साथि सिँहदरबार माथी !
- संगै बसी सुती सकि, लाज मान्दै घुम्टो कसी !
- सत्रु पछ्याउने भाई, तन्नेरी पछ्याउने बुहारी !
- सबै कुकुर काशी गए गु केले खाला !
- ससुरालीको धनमा नामर्दको रजाईं।
- सर्पको विष, मान्छेको ईख
- सपनतीर्थ जाँदाखेरी चुरोट खानुपर्छ
- सब लफडा थुतुनु र मुतुनुले निम्त्याउछ
- सबै छोडी पुच्छर मुनि हात
- सम्धीको निहुँले मलाई पनि घिउले
- सरकारी काम कहिले जाला घाम
- सर्प पनि मरोस्, लट्ठी पनि नभाँचियोस्
- सर्पको खुट्टा सर्पले देख्छ
- ससुरालीको धनमा नामर्दको रजाईं
- सस्तो बेसारले पखला लाग्छ
- सबै कुकुर कासी गए, गु कस्ले खाने
- सन्तोषी सदा सुखी।
- सयको लाठि, एकको बोज !
- साउँको भन्दा ब्याजको माया।
- साउनको भेललाई बेलामा रोक्न सके बाली राम्रो हुन्छ
- साउनमा आँखा फुटेको गोरुले बाह्रै महिना हरियो देख्छ
- सानो चीत्तले बोसो पाक्दैन
- सानो छउन्जेल मर्ला भन्ने पीर, ठूलो भएपछि मार्ला भन्ने पीर
- सानोलाई, ऐन ठूलोलाई चैन
- सार्कीको सरापले डिंगो मर्दैन
- सालीको आशमा भिनाजुको बनिबास
- सासूको माया छोरी छउन्जेल, बुहारीको माया छोरा छउन्जेल
- साँढेको जुधाई बाच्छाको मिचाई
- सालीको आशमा भिनाजुको बनिबास !
- सास छउन्जेल आश।
- साधुलाई सुली चोरलाई चौतारो
- सानो जात मात्दैन, मातेपछि बाँच्दैन
- सिपालुले सीप लायो मुखुण्डीले मुख लायो
- सिपाहिको काम छैन, जर्नेलको मान !
- सिकर्मीको घरको भर्र्यंग भाचिएको हुन्छ
- सिमीका झालमा काउसाको कोसो
- सियो बनेर पस्ने, फालि बनेर निस्कने
- सियो हराएको दमाइँ जस्तो
- सीतैंमा पाये भट्टि रीत्तै
- सुनलाई खोल लाउनु पर्दैन !
- सुगुरलाई स्वर्ग जान्छस् भन्दा त्यहाँ गु खान पाईन्छ भनी उल्टो सोध्नु।
- सुनारको सय चोट लोहारको एक चोट
- सुघरी स्वास्निको पोइ मोटाउछ , फोहोरी स्वास्निको कुकुर मोटाउछ !
- सुख पाए ससुराली जानू, दुःख पाए मीतकहाँ जानू
- सुगुरलाई स्वर्ग जान्छस् भन्दा त्यहाँ गु खान पाईन्छ भनी उल्टो सोध्छ
- सुघरी स्वास्निको पोइ मोटाउछ, फोहोरी स्वास्निको कुकुर मोटाउछ
- सुनलाई खोल लाउनु पर्दैन
- सुनारको सय चोट, लोहारको एक चोट
- सूर्य अस्त चन्द्र मस्त
- सूर्यको अगाडि बत्ती
- सोर्है साला सत्र।
- सोझाको सहाय दैव
- सौताको रिसले श्रीमानको काखमा पिसाब फेर्नु
- स्याल कराउनु कुखरा हराउनु
- स्यालको शिकार गर्न जाँदा बाघको तयारी गर्नु पर्छ
- स्वास्थ राम्रो चेक-अपले, केटि राम्रो मेक-अपले
- स्वास्नीको आगाडी किम जोङ्ङ्ग पनी बिरालो
- स्वास्नीमान्छेको थर छैन लोग्ने मान्छेको घर छैन
- स्वास्नीमानिसको उमेर नसोध्नु लोग्नेमान्छेको कमाई नसोध्नु।
श----------------------
- शिरमा टोपी छैन, खुट्टामा खोल !
- शिवजीलाई धतुरोले लाग्दैन।
- शुक्र उदाए, फर्सी कुदाए !
- शुरोको मु**मा काँडाले कोर्दैन !
- शत्रु नदेखे भाईको मुख हेर्नु
- शत्रु नलागे आफन्त पाल्नु
- शरणको मरण गर्नु हुदैन
- शोक न सुर्ता, भोक न भकारी
ह----------------------
- हर्रो नपाउने ले जाईफल को धाक !
- हगे हग मुते काटुला !
- हग्गी सक्यो, दैलो देख्यो !
- हगाई भन्दा पदाई ठूलो
- हग्नन गयो कन्डो बिर्सेयो
- हडबड को काम गड्बड हुन्छ
- हरिप देखेर दैव डराउँछ
- हरेस खाए नि चरेस नखानु
- हरो नपाउनेले जाईफल को धाक
- हलुवामा बालुवा
- हग्नेलाई भन्दा देख्नेलाई लाज
- हग्ने बेलामा चक खोज्नु
- हरिप देखेर दैव डराउँछ
- हरेस खाए नि चरेस नखानु
- हलुवामा बालुवा
- हलेदो भन्ने थाहा पाएपछि कोट्याउनु पर्दैन
- हलो अड्काएर गोरु चुट्नु
- हलो काटेर मुङ्ग्रो
- हराएको गाई सूर्यलाई दान
- हतपतको काम लतपत ।
- हलो जोत्दैमा गोरू ब्याउँदैन।
- हत्केलामा तोरी उम्रदैन !
- हँसियाको बिहेमा खुर्पाको गीत !
- हडबड को काम गड्बड हुन्छ !
- हल्लिएको दाँत एकदिन फुक्लन्छ !
- हलेदो भन्ने थाहा पाएपछि कोट्याउनु पर्दैन
- हलो अड्काएर गोरु चुट्नु
- हलो काटेर मुङ्ग्रो
- हलो जोत्दैमा गोरु ब्याउँदैन
- हल्लिएको दाँत एकदिन फुक्लन्छ
- हात्ती उडाउने बतास आयो पिउरी खोज्छेस् रॉड
- हाँसको चाल न बकुल्लाको चाल।
- हाँसी हाँसी कसेको गाँठो रोई रोई फुकाउनु पर्छ !
- हँसियाको बिहेमा खुर्पाको गीत
- हात्तीको मुखमा जीरा।
- हात्ती आयो हात्ती आयो फुस्सा
- हाती चले बजार तो कुता भुके हजार !
- हाथी छिर्यो पुच्छर अड्क्यो !
- हातीको दुइटा दात हुन्छ, एउटा खाने अर्को देखाउने !
- हातमा किताब, पाकेटमा लभलेतर ।
- हातमा पुस्तक मनमा दश थोक
- हाथको माछा छोरेर पोखरीको माछा खोज्ने !
- हाडीमा कनिका छउनजेल रांडीलाई निन्द्रा लाग्दैन
- हावा नचली पात हल्लिंदैन।
- हात्ती चढिसकेको मान्छेले गधा चढ्न के रुचाउला
- हारेको कुकुरले सँधैं दाँत देखाउँछ
- हात्ती छिन्यो पुच्छर अड्क्यो
- हात्ती लम्कनु घोडा चम्कनु
- हार्ने गोरुको छेर्ने दाउ\
- हिँड्दैछ पाइला मेट्दैछ
- हिंडने गोरुले चुटाई खान्छ
- हिराको मोल किराले जान्दैन
- हिस्स बुढीको खिस्स दाँत
- हुने हार दैव नटार।
- हुल मुल मा जिउ जोगाउनु, आनिकल मा बिउ जोगाउनु !
- हुने विरुवाको चिल्लो पात नहुने विरुवाको फुस्रो पात।
- हेर्दाको राम्रो, दिन खानको चाम्रो !
- हेरेर मर्नु भन्दा छेरेर मर्नु जाती
- हेर्दा चरो, पर्दा बन्चरो
- हेर्दाको राम्रो, दिन खानको चाम्रो
- हेर्नेको र छेर्नेको भर हुँदैन
- यता न उता हातमा जत्तु ा
- युद्धको बेलामा बुद्धको पुराण काम लाग्दैन !
- श्रीखण्डलाइ कपुर, भांगलाइ धतुर
- श्रीमती कति बाठी, बोका स्टाईलको केश काटी
- श्रीमतीको पिटाई खाएको लोग्ने चुरा बज्दा तर्सिन्छ